सिँचाइ आयोजनाको निरीक्षणमा मन्त्री पुन बारा जिल्लामा

  २०७५ मंसिर २८ गते ११:३३     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् ।

मन्त्री पुनले कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिँचाइ आयोजना र साविक कचोर्वा गाविसमा रहेको अढुवा सिँचाइ आयोजनाको समेत अनुगमन निरीक्षण गरेका छन् ।

निरीक्षण पछि चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गरी किसानलाई सिँचाइको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुगमन टोलीमा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सभासदस्य मोहम्मद समीर, नेता अनिल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यसैबीच मन्त्री पुनले यहाँस्थित प्रसिद्ध गढीमाई मन्दिरको पनि अवलोकन गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.