काठमाडौं । न्यायपरिषदद्वारा प्रधानन्यायाधीशका लागि पहिलो नम्बरमा सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीका बारेमा कैफियत भेटिएपछि संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रशम्शेर राणालाई सिफारिस गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले राणालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । सिफारिस भएका राणाको संसदीय सुनुवाईपछि राष्ट्रपतिले उनलाई नियुक्त गर्नेछिन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायधीश हुन कम्तीमा २ वर्ष न्यायाधीश हुनैपर्ने व्यवस्था भएकोमा २ जनाको मात्र उक्त योग्यता पुगेकाले २ जनाको नाम मात्र सिफारिस गरिएको थियो । यसअघि न्याय परिषद्ले ३ जनाको नाम पठाउने गथ्र्यो । न्यायपरिषद्ले गरेको सिफारिसमा पहिलो नम्बरमा रहेका दीपकराज जोशीका सम्बन्धमा यसअघि संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको कैफियत लेखिएको थियो ।