काठमाडौं । अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले तेस्रो सेवाग्राही दिवस काठमाडौं स्थित होटल हयात रिजेन्सीमा मनाएको छ । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र नेपाल भारतका लागि आँस्ट्रियाको राजदुत महामान्यबिगेट ओपिगर ,वोल्चशोफरबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा पुर्याएको योगदान र देखाएको प्रतिबद्धताकाे खुलेर प्रशंसा गरेका थिए । उक्त संस्थाका भारत, दक्षिण पूर्वी एसिया, आँस्ट्रेलिया तथा न्यूजिलेँड प्रान्तीय प्रमुख जोसेफ उम्मरले नेपालको जलविद्युत क्षेत्रको विकासमा अविछिन्न रुपले योगदान पुराउन पाएकोमा गौरवान्वित भएको बताउँदै आगामी दिनमा सोही बमोजिम निरन्तरता दिने बताएका थिए ।
सन् २०१७ देखि बिक्रि सेवामा योग्य समुह रहेको उक्त एण्ड्रीजले निर्माण गरेको मध्य मस्यौदी, कुलेखानी, चिलिमे जलविद्युत आयोजनाहरु एक दसक भन्दा लामो समय देखि निरन्तर रुपमा संचालन भईरहेका छन् । हाल संस्थाद्धारा जडान १४४ मेगावाट जलविद्युत यस अगाडी नै उत्पादन गरेको थियाे ।
हाल निर्माणाधिन २०० मेगावाट जलविद्युत मध्ये ७५ मेगावाटको आयोजना रहेको जानकारी दिएका छन् । गौरवका आयोजना माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमता, मध्य भोटेकोशी १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
