मेसीले किने १५ मिलयिन डलरमा जहाज, भित्रै किचेन बेडसहित यस्ता छन् विशेषता (भिडियोसहित)

  २०७५ मंसिर २५ गते ११:२४     विकासन्युज

काठमाडौं । बार्सिलोनाका स्टाइकर लियोनल मेसीले अत्याधुनिक जहाज किनेका छन् । ३१ वर्षिय मेसिले १५ मिलियन अमेरिकी डलर खर्च गरेर जहाज किनेका हुन् ।

अर्जेन्टाइन कम्पनीले बनाएको सो जहाजमा भित्र भान्सा, सुत्न, नुहाउन लगायत सुविधा रहेको छ । जहाजमा १६ सिट रहेको छ भने यसलाई ८ वटा बेडमा समेत रुपान्तरण गर्न सकिनेछ । जहाजको अन्तिम भागमा १० नम्बर लेखिएको छ । यस्तै उनकी श्रीमति एन्टोनेलिय, थियागो, सिरो र कान्छो छोरा माटेओको नाम लेखिएको छ ।

मेसीले जहाज पहिलो पटक गत आइतबार स्पानोल विरुद्धको खेलमा प्रर्दशन गरेका थिए । मंगलबार मेसिको कतानीमा बार्सिलोनाले घरेलु मैदान क्याम्पनोउमा टोटेनह्यामको सामना गर्दैछ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.