निजी निवास बनाउने सोचमा हुनुहुन्छ ? जानुस्, चावहिलको मोडर्न होम बिल्डर्स

  २०७५ मंसिर २४ गते १७:०९     विकासन्युज

काठमाडौं । निजी निवास बनाउने सोच राख्नु भएको छ ? छ भने जानुस् काठमाडौंको चावहिलमा रहेको मोडर्न होम बिल्डर्स प्रा. लि. । निजी निवास बनाउने सोच राख्नेलाई लक्षित गरि खुलेको मोडर्न होम बिल्डर्सले विशेषगरी आवाशीय घरहरु निर्माण गर्नुका साथै पुरानो घरहरु सबलीकरण गर्ने, घरको फिनिशिंग गर्ने तथा उचित परामर्श दिने काम पनि गर्नेछ ।

नेपालमा अहिले घर निर्माण गर्ने इच्छा भएको तर समय अभावले गर्दा निर्माण कार्य शुरु गर्न नसकेका व्यक्तिहरुलाई यस कम्पनी सहयोगी साबित हुनेछ । उच्च गुणस्तरको निर्माण सामग्री, दक्ष इन्जिनियर र कामदारहरु ले निर्माण कार्य गर्ने हुँदा यस कम्पनीले निर्माण गरेका घरहरु गुणस्तरीय हुने कुरामा ढुक्क हुन यस कम्पनीका प्रबन्ध निर्देशकले देवराज लामाले आग्रह गरेका छन् ।

बजारमा अहिले विभिन्न निर्माण कम्पनीहरु रहे पनि गुणस्तरीय र विश्वसनीय ढंगमा काम नगर्ने हुँदा निर्माण गरेका घरहरु कमसल हुने विभिन्न समस्याहरु आउनुका साथै समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण नगर्दा समस्या हुने गरेको छ । उक्त समस्यालाई न्युनिकरण गर्दै मोर्डन होम बिल्डर्सले भने आफुले निर्माण गरेको घरहरु उच्च गुणस्तरको मात्र नभएर समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने रहेको बताए ।

नेपालमा अहिले पनि पुरानै ढाँचामा घर निर्माण भैरहेकोमा यस कम्पनीले अत्याधुनिक प्रविधिको विस्तार गर्दै कामदारहरु को सुरक्षालायी समेत बिशेष प्राथमिकतामा राखेर काम गर्ने बताएको छ ।

कम्पनीले अहिले चलन चल्तीमा रहेको काम गर्ने तरिकालाई समेत परिमार्जन गरि स साना कुराहरुको सुक्ष्म अध्यन गरि संरचना निर्माण गर्ने बताएको छ । सो क्रममा कोहि कसैलै बाधा अबरोध नहुने गरि काम गर्ने प्रतिबद्ता समेत कम्पनीले व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.