प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि विजयी

  २०७५ मंसिर २३ गते २०:१०     विकासन्युज

कञ्चनपुर । प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरी विजयी भएकाे छ । उक्त टिमले कैलाली खेलकुद विकास समितिको टिमलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ ।

बिजेता र उपविजेता टिमका खेलाडीहरुलाई खानेपानी मन्त्री बिना मगरले ट्रफी र नगदसहित पुरस्कृत गरेकी छिन् । बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू. १ लाख १५ हजार १ सय १५ र उपविजेता टिमले रू. ६६ हजार ६ सय ६६ नगद हात पारेका छन् ।

कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फूटबल प्रतियोगिताको आइतबार समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकुद संगसंगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडी बढाउनु पर्ने बताइकी छिन् ।

कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, ” हामी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अगाडी बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आह्वान गर्छु । ” मन्त्री बिना मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा संचालन गर्न पहल भैरहेको जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.