सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग

  २०७५ मंसिर १८ गते २०:१०     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विविध कारण हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्ने सहयोग गर्ने उदेश्यले ई–नेबल नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भमा बैंकले ई–नेबल नेपाललाई उक्त सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठबीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो । यस सहयोगले हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.