पोखरा फाइनान्सको शाखा अब चितवनकाे शारदानगरमा

  २०७५ मंसिर १६ गते १५:२६     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १९, शारदानगरमा नया शाखा संचालन गरिएको छ ।

शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा गरेका थिए ।

उक्त शारदानगर उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद व्यक्त गर्दै राष्ट्रियस्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतु खोलिएका छ ।  चुक्ता पुँजी ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्व ३ करोड तथा कर्जा लगानी ४ अर्व ४२ करोड एवं जगेडा कोषमा २४ करोड ९२ लाख रहेको छ ।

उक्त शारदानगर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड लगायतका सेवा प्रदान गरेको छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.