अंधेरी नगरी चौपटी राजा : नेपालको वास्तविकता

  २०७५ मंसिर १६ गते १७:००     डोमी शेर्पा

काठमाडौं। प्रसिद्द भारतीय साहित्यकार भारतेदु हरिचन्दको सर्वाधिक लोकप्रिय नाटक “अंधेरी नगरी चौपटी राजा” को नेपाली अनुवाद मंसिर ७ गते देखी अनामनगरको मण्डला थिएटरमा मञ्चन भईरहेको छ। उक्त भारतीय नाटकलाई पूर्ण रुपमा नेपाली परिवेशमा भावनुवाद गरिएको छ । नाटकका नेपाली अनुवाद निर्देशन भने संगित सापकोटाआसिस घिमिरेले गरेका हुन्। नाटकको पहिलो मञ्चन दर्शकद्धारा एकदमै रुचाईेएकोले उक्त नाटक यो दोस्रोपटक मञ्चन गरिएको हो।

नाटकलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा ‘अँधेरी नगरी’ का  जनताको दिनचर्या देखाइएको छ  भने दोस्रो भागमा चाहिँ ‘चौपट राजा’ को शासन शैलीमाथि व्यङ्ग्य हानिएको छ। नाटकले नेपालको हरेक क्षेत्रेको जातजातीलाई समेटेको छ। सुमधुर संगितबाट शुरु हुने नाटकले १ घण्टासम्म लगातार तपाईंलाई बेस्सरी हसाउँछ र बिस्तारै गम्भिर बनाउँदै लैजान्छ। १ घण्टा ३० मिनेटको उक्त नाटकले हास्य शैलीमा गम्भीर सन्देश बोकेको छ। गम्भीर बिषयलाई पनि हास्यशैलीमा प्रस्तुत गर्नसक्नु नाटकको सबल पक्ष रहेको छ।  अल्छिपन र मुर्खताले निम्ताउने नतिजा र सासक कमजोर हुँदा जनताले खेप्नुपर्ने दु:खलाई नाटकले मुख्य बिषयको रुपमा उठाएको छ। नाटकले पदको लागि जे पनि गर्ने हाम्रा विवेकहीन नेताहरुलाई व्याङ्ग्यात्मक चोटीलो प्रहार गर्दै जुन जोगी आए पनि कानै चिरेको वास्तविकतालाई ठ्याक्कै उतारेको छ। 

नाटकको सबैभन्दा बलियो पक्ष उसको संगित रहेको छ। कथामा परिस्थिती अनुसार बज्ने समय प्रतिकुल धुनले हरेक भावनालाई उर्जागर गरेको छ। धुनले तपाईंलाई एकैछिनमा हसाउँछ भने  एकैछिन मै तपाईंको मनलाई अमिलो बनाउँछ। संगितिक पाटोले नाटकलाई उच्च स्तरमा पुर्याउन मद्त गरेको छ र यस कुरालाई तपाईंले बुझ्न नाटक हेर्न जानै पर्छ। नाटकको अर्को सबल पक्ष भनेको कलाकारहरुको अभिनय रहेको छ। कलाकारहरुको अभिनय क्षमताले नाटकलाई पूर्ण रुपमा न्याय दिएको छ।

क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनको प्रस्तुति रहेको यो नाटक मंसिर २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । अतिरिक्त शो शनिबार १ बजे पनि राखीएको छ । नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आरजेश रेग्मी, सागर दाहाल,बारात लिम्बू, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डेलगायतको अभिनय हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.