आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो ?

  २०७५ मंसिर १६ गते १३:३४     विकासन्युज

काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो । यी तीन कम्पनीको बोनस सेयर पछि सेयरको मूल्य समायोजन भएको हो ।

नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४१३.४७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३८६.७४ रुपैयाँ रहेको थियो ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको २० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको मूल्य प्रतिकित्ता १४२.६४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८८.३२ रुपैयाँ थियो ।

२२.०६ प्रतिशत बोनस पछि नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९१.४९ रुपैयाँ रहेको छ । कम्पनीको आधार मूल्य प्रतिकित्ता २५५४.७४ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.