हामी किन दु:खी हुन्छौं ?

  २०७५ मंसिर १४ गते १४:४२     विकासन्युज

काठमाडौं। मान्छेको जीवनमा खुशी भन्दा पनि बढी दु:ख आईरहेको हुन्छ। मान्छेलाई विभिन्न कारणले गर्दा दुःखी बनाईरहेको हुन्छ। कतिपय समयमा हामी किन दुःखी छौँ भन्ने कुरा हामीले आफैँ पनि बुझ्न सक्दैनौँ। दु:खको कारण थाहा पाउन सकियो भने त्यसको समाधान पनि सजिलै निकाल्न सकिन्छ तर जब हामी दु:खको कारण पत्ता लगाउन सक्दैनौँ त्यसपछी हामीलाई समाधान निकाल्न पनि एकदमै गार्हो हुन्छ।

त्यसैले, एकपटक आफ्नो जीवनको गतिविधिमा नियालेर हेर्नुहोस्, आफुलाई के कुराले दुखी बनाईरहेको छ त्यसकुरामा ध्यान दिनुहोस्। कसैसँग आस राख्दा आस पुरा भएन भने, केही काम गर्दा काम सफल भएन भने अथवा के के कुरामा तपाईंलाई दुःखी बनाउँछ त्यसलाई पत्ता लगाउनुहोस्।

दुःखी हुनु भनेको सबैभन्दा ठुलो रोग हो। तपाईं दुःखी हुँदा तपाईंको जीवनको धेरै चिजहरु बिग्री रहेका हुन्छन्। तपाईंको दैनिक दिनचर्याहरु देखी लिएर तपाईंको मानसिक, शाररीक स्वास्थ्यहरु पनि दु:खको कारण बिग्रीरा हुन्छन्। मान्छे जीवनमा खुशी भएर बाँच्न सिक्नुपर्छ। दु:खको पछाडि पनि खुशी हुने कारण हुन्छ जसलाई पत्ता लगाउन सक्यौँ भने तपाईं दु:खबाट धेरै टाढा जान सक्नुहुन्छ र खुशी साथी आफ्नो जिन्दगीको यात्रामा अगाडि बढ्न सक्छौं।

रोजेको, खोजेको वा सोचेको कुरा नपाउँदा दुःखी भईन्छ। तर तपाईंको त्यो कुरा तपाईंको आवश्यकता हो कि चाहना हो त्यो तपाईंले बुझ्न जरुरी छ। आवश्यकता पुरा हुन जरुरी छ तर चाहना पुरै हुनपर्छ भन्ने छैन। यदी तपाईंलाई पैसा नभएर समस्या भईरहेको छ भने पैसा कमाउने तर्फ लाग्नुहोस् तर यदी कसैको माया नपाएर तपाईं दुखी हुनुहुन्छ भने यसकुराबाट तपाईं आजैबाट दुःखी हुन छोड्दिनुस्। माया नपाएर दुःखी हुनु बेवकुफी हो। पहिला आँफैले आँफैलाई माया गर्नुहोस् र कसैबाट पनि मायाको अपेक्षा नराख्नुहोस्। माया मागेर पाईने चिज होईन जहिले बुझीराखौँ।

आफुलाई जबर्जस्ती कुनै पनि काम गर्नतर्फ नधकेल्नुहोस्। मन नलागेकाे काम गर्दा यसले तपाई र तपाईले जसको लागि काम गर्दै हुनुहुन्छ दुवैलाई असर गर्छ। तपाईंले यसो गर्दा यसले तपाईंको मस्तिष्कमा पनि नराम्रो असर गर्छ।

हामी धेरै मानिसहरु हामीले अरुलाई गरेको जस्तै सहयोग उनीहरुबाट नपाउँदा दुखी हुन्छौ। तर अरुलाई सहयोग गरेर सहयोगको अपेक्षा राख्नु गलत हो। शास्त्रमा पनि भनिएको छ कि कर्म गर्नुहोस् तर फलको अपेक्षा नगर्नुहोस्। मैले यो गर्दिए बापत मलाई यो प्रतिफल चाहियो भनेर हामीले सोच राख्छौ तर चाहना अनुसार प्रतिफल हामीले पक्कै पनि पाउन सकिरहेका हुँदैनौ जसले हामीलाई अझै धेरै दुःखी बनाउँछ। एकपटक प्रतिफलको आसा नगरी काम गर्नुहोस् त तपाईं आँफैले सन्तुष्ट महसुस गर्नुहुनेछ। तपाईं परिक्षामा पास हुनुभएन। अब तपाईं म पास भईन भनेर दुखी हुन थाल्नुभयो भने तपाईंले परिक्षामा कहिले पनि राम्रो गर्नसक्नु हुन्न तर यदी के कारणले गर्दा पास भईरहेको छैन भन्ने कुरामा ध्यान दिनुभयाे भने अर्को पटक अवश्य तपाईंले राम्रो गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.