काठमाण्डौ । बेलायतस्थित द फाइनान्सियल टाइम्सले प्रदान गर्दै अाएकाे ‘बैंक अफ दि इयर २०१८’ अवार्ड एनएमबी बैंकले पाएकाे छ । एनएमबीले २०१७ मा पनि यस्ताे अवार्ड पाएकाे थियाे ।
लगातार उपाधि पाएकोमा खुशी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई बधार्इ तथा शुभकामना व्यक्त गरेका छन् ।
बैंककाे रणनीतिलार्इ कार्यान्वयन गर्न कर्मचारीले पुर्याएकाे याेगदानकाे कदर गर्दै ग्राहकलार्इ उत्कृष्ट सेवा दिन प्रेरित गरेका छन् । ‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ’ केसीले भनेकाे छन् ।
उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।