सनराइज बैंकले ११ प्रतिशत नगद लाभांश दिने

  २०७५ मंसिर १३ गते २०:५०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बिहीबार सम्पन्न बैंकको ३०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ । सभाले पारित गरे पश्चात कम्पनीले उक्त पुँजीको रकमका आधारमा ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

साथै, एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति पछि सेयर कारोबार गरी नगद लाभांशका लागि योग्य रहेका सेयरधनीहरुको नगद लाभांशमा लाग्ने लाभांश कर रकम सम्बन्धित सेयरधनीलाई वितरण गरिने नगद लाभांश रकमबाट कट्टा गरी लिइने बैंकले जानकारी दिएको छ । बैंकले २०७३ साल माघ २८ गते एन.आई.डि.सी. क्यापिटललाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.