‘अनलाइन कारोबार तालिम’ आइतबार ३ बजेदेखि, दिनमा ५० जनालार्इ मात्र तालिम

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि अनलाइन ट्रेडिङका लागि आधारभूत तालिम दिने भएको छ । नेप्सेले आगामी आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन दिउँसोको ३ बजे उक्त तालिम सञ्चालन गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि गौतमले जानकारी दिए । कार्यक्रमका लागि नेप्सेले आफ्नै भवनमा ५०/६० जनासम्म अट्ने हलको व्यवस्था गरेको गौतमको भनाई थियो । इच्छुक लगानीकर्ताले निःशुल्क रुपमा [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि अनलाइन ट्रेडिङका लागि आधारभूत तालिम दिने भएको छ । नेप्सेले आगामी आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन दिउँसोको ३ बजे उक्त तालिम सञ्चालन गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि गौतमले जानकारी दिए ।

कार्यक्रमका लागि नेप्सेले आफ्नै भवनमा ५०/६० जनासम्म अट्ने हलको व्यवस्था गरेको गौतमको भनाई थियो । इच्छुक लगानीकर्ताले निःशुल्क रुपमा उक्त तालिम लिनसक्ने नेप्सेले जनाएको छ ।

तालिममा आधारभूत विषयमा जानकारी दिने भएकोले लगानीकर्ताले १ दिनको तालिममै कारोबारसम्बन्धी सम्पूर्ण जानकारी पाउने नेप्सेको विश्वास छ । फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जाल चलाउने बानी परेकाहरुलाई भने त्योस्तो तालिमको आवश्यकता नपर्ने बरु नेप्सेले दिएको सुझावहरुका आधारमै कारोबारमा सहभागिता जनाउन सक्ने प्रवक्ता गौतमको भनाई थियो ।

त्यसबारेको विस्तृत जानकारी नेप्सेले केही समयपछि आफ्नो वेभसाइटमा प्रकाशित गर्नेछ ।

Share News