४ महिनामा १० वटा क्रेडिट रेटिङ्ग, रेटिङ्ग व्यवसायको दायरा फराकिलो बन्दै

  २०७५ मंसिर १२ गते १७:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १० वटा क्रेडिट रेटिङ्ग भएको छ । वित्तीय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नुपर्ने व्यवस्था शुरु भएअनुसार गत कात्तिकसम्म सो मात्राको रेटिङ्ग भएको हो ।

त्यस्तै, सार्वजनिक निष्काशनको लागि १२ वटा रेटिङ्ग भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सार्वजनिक निष्काशनको सात वटा रेटिङ्ग भएको थियो ।

बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली तथा धितोपत्र सूचीकरण विनियमावलीमा सूचिकृत कम्पनीहरुको रेटिङ्गको आधारमा नेप्सेमा “ए” र “बी” वर्गमा वर्गीकरण हुने व्यवस्था गरेको थियो । सोही बमोजिम सूचिकृत कम्पनीहरुले रेटिङ्ग गरी सोको आधारमा नेप्सेले वर्गीकरण गर्ने काम शुरु गरिसकेको छ ।

बुधबार क्रेडिट रेटिङ्ग व्यवसायको वर्तमान अवस्था तथा सोको विविधपक्षहरुकोे सम्वन्धमा क्रेडिट रेटिङ्ग कम्पनीसँग भएकाे छलफल/अन्तर्क्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हाे । कार्यक्रममा इक्रा नेपाल लिमिटेडका विज्ञ किशोरप्रसाद विमली तथा केयर रेटिङ्गस नेपाल लिमिटेडका कार्यकारी प्रमुख साजन गोयलले इन्डष्ट्रियल रिक्स, बिजनेस रिक्स, म्यानेजमेन्ट रिक्स, फाइनान्ससियल रिक्स र प्रोजेक्ट रिक्सका सूचकहरुको आधारमा रेटिङ्ग गरिने जानकारी गराएका छन् ।

कार्यक्रमको शुरूवात गर्दै बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा उक्त व्यवसायको क्षेत्र विस्तार गर्ने बोर्डको कार्यक्रम बमोजिम वित्तीय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नु पर्ने बताएका छन् । साथै, स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक भएको बताएका बोर्डका अध्यक्ष कार्कीले दावी गरेका छन् ।

गत वर्ष थप एक संगठित संस्थाले समेत क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त गरेको हुँदा क्रेडिट रेटिङ्ग कम्पनी दुई भई क्रेडिट रेटिङ्ग सेवा थप प्रतिस्पर्धी र छिटो छरितो भएकाे छ । हाल बोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमतिपत्र दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.