जनता बैंकले चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने, कहाँ कहाँ गर्दै छ ?

  २०७५ मंसिर १२ गते १३:२०     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले यसै वर्ष विभिन्न चार जिल्लामा स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । जनता बैंकले नेपाल नेत्रज्योति संघबीच सम्झौता गरी विभिन्न स्थानमा आँखा शिविरका साथै  स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

सम्झौता अनुसार बैंकले यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । त्यस्तै, देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरि निःशुल्क आँखा शिविर संचालन गर्ने बैंकले जनाएको छ ।

शिविरमा मोतिबिन्दुको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशन गर्नुको साथै आवश्यक औषधी तथा चश्मा वितरण गरिने छ ।

स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धि बिरामीको परिक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरुको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

उक्त सम्झौतामा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तिर्थप्रसाद मिश्रले हस्ताक्षर तथा सम्झौता आदान प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.