चौतारी लघुवित्तको आईपीओ मंसिर १९ गतेदेखि खुल्ने

  २०७५ मंसिर ११ गते ८:०५     विकासन्युज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले चुक्ता पुँजीको ६ करोड रुपैंया बराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । धितोपत्र बोर्डको स्वीकृतिपछि विवरणपत्र लिएर नेपाल राष्ट्रबैंक पुगेको लघुवित्तको विवरणपत्र राष्ट्रबैंकले गत बिहीबार स्वीकृत गरेसँगै लघुवित्तले आईपीओ निष्कासन मिति तय गरेको हो ।

स्वीकृत ६ लाख कित्ता शेयरमध्ये लघुवित्तले ९३०० कित्ता कर्मचाारीका लागि र ३०००० कित्ता म्युचुअल फण्डका लागि छुट्टाएको छ । बाँकी ५ लाख ६० हजार कित्ता शेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

सर्वसाधारणले उक्त कम्पनीको आईपीओका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३००० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि आवेदन दिने अन्तिम दिन छिटोमा मंसिर २३ गतेका लागि र ढिलोमा पुस १९ गतेसम्मका लागि तोकिएको छ ।
रुपन्देहीको वुटवल मुख्य कार्यालय रहेको लघुवित्तले गत आर्थिक बर्षमा १ करोड २ लाख रुपैंया नाफा कमाएको थियो जुन प्रतिशेयर २०.०९ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.