१० प्रतिशत बोनस पारित गर्न एनआईसी एशियाले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

  २०७५ मंसिर ११ गते ७:३५     विकासन्युज

काठमाडौं । सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर दिने लगायतका साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न एनआईसी एशिया बैंकले आफ्नो २१ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पौष ४ गते सानेपा स्थित हेरिटज गार्डेनमा बस्ने गरी साधारणसभा बोलाएको हो । बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त स्थान तथा समयमा साधारणसभा बस्ने गरी निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १९ गते देखि साधारणसभाको दिनसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार बैंकको १० प्रतिशत बोनस सेयर प्राप्त गर्न यही मंसिर १८ गतेसम्म शेयर खरिद गर्न लगानीकर्ताले शेयर खरिद गरिसक्नुपर्नेछ भने हालका शेयरधनीले उक्त दिनसम्म शेयर होल्ड गर्नु पर्नेछ ।

बैंकले आफूसँग रहेको ८ अर्ब ३ करोड चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ८० करोड ३० लाख थप गरी चुक्ता पुँजी ८ अर्ब ८३ करोड पुर्याउनेछ । साथै कर प्रयोजनका लागि लाग्ने ०.२५६ प्रतिशत हुने गरी ४ करोड २२ लाख कराबरको नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ ।
त्यसैगरी बैंकले आफु र आफ्ना सहायक कम्पनीहरु एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त समेतको एकीकृत वित्तीय विवरण समेत पारित गर्ने एजेन्डा तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.