जनता बैंकको १२७ औं शाखा ताप्लेजुङमा, स्थानीय तहमा ७६६ शाखा पुर्याउने

  २०७५ मंसिर १० गते १६:५०     विकासन्युज

काठमाडौं । जनता बैंकले ताप्लेजुङको फक्त्ताङलुङमा नयाँ शाखा स्थापना गरेको छ । स्थानीयतहमा सेवा प्रदान गर्ने क्रममा सेवा दिनको लागि बैंकिङ्ग सेवा मार्फत सुदुर पूर्वको जिल्ला ताप्लेजुङको विकट गाँउ फक्त्ताङलुङ गाउँपालिकामा नयाँ शाखा सुरु गरिएको छ ।

७६६ वटा शाखा स्थानीय तहमा पुग्नुपर्ने नियम निकाय र सरकारको लक्ष्य अनुसार दुर्गम स्थानका स्थानीय तहसम्म बैंकिङ्ग सेवा सुचारु गरिएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखामार्फत वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्ने भएको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.