एनआईसी एशिया बैंकको मंसिर १९ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

  २०७५ मंसिर १० गते १५:४६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको अागामी मंसिर १९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि पुस ४ गतेसम्म (१५ दिन) बुक क्लोज गर्न लागेको हो ।

बैंकको २१औँ वार्षिक साधारणसभा आगामी पुस ४ गते बस्दै छ । बैंकको सभा बिहान ९ बजे सानेपाको हेरिटेज गार्डेनमा बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

उक्त सभामा बैंकले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै छ । साभाले पारित गरे पश्चात बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५३६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.