सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट

  २०७५ मंसिर १० गते १२:५३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले ग्राहकहरुलाई उच्चस्तरीय सुबिधा दिने उद्देश्यले भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सो सम्बन्धि सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलका तर्फबाट प्रमुख अन्तर्राष्ट्रिय बजार प्रबन्धक अजय भार्दवाजले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार सनराइज बैंकका ग्राहकले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने-पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त पाउनेछन् ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित हस्पिटल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.