स्थानीय सेवाग्राहीलाई लक्षित गर्दै, डडेलधुरामा कृषि विकासको एटिएम सेवा शुरू

  २०७५ मंसिर १० गते १२:३३     विकासन्युज

काठमाडौं । डडेलधुरा बजारमा कृषि विकास बैंक लि. को एटिएम सेवा सुचारु भएको छ । गत कात्तिक १७ गते बैंकका संचालक घनश्याम अवस्थी र बैंक प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
क्षेत्रिय कार्यलय धनगढीका निर्देशक हरिश्चन्द्र यादवको नेतृत्वमा उक्त उद्घाटन भएको हो । सर्वसाधारण तथा सेवाग्राहीको व्यापक उपस्थिति रहेको त्यस कार्यक्रममा बैंकका प्रमुख अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी लिला प्रकास सिटौलाले बैंकको उत्पादन (भिसा कार्ड, आइपिएस, इन्टरनेट बैंकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा, मोवाईल बैंकिङ्ग, एसएमएस ) बारेमा जानकारी दिएको छ ।
बैंकले सबै भन्दा ठूलो र स्पस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको र स्थानीय जनताको माया , ममता, निरन्तर सहयोग भएमा बैकले बढी लगानी, बचत भएको रकम कृषि लि.मा नै अनुरोध समेत आग्रह गरेका छन् । बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउने विषय प्रकाश पार्दै सुरक्षित मोनासिव प्रतिफलका लागि आफुसँग रहेको जे जति बचत भएको रकम बचत गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.