पप्पुका पक्षमा उभिँदै निर्माण व्यवसायी महासंघले भन्योः यस्तो चालाले देश असफल हुन्छ

<p>काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने निर्णय प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपक्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गरेर आफुलाई पप्पुका पक्षमा उभ्याएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाई आयोजनाको डुडुवा नगर निर्माणमा ढिलाई गरेको भन्दै कोस्टल पप्पु जेभीलाई कालो सूचिमा राख्ने प्रक्रिया अघि बढाएको थियो । कालो सूचिमा राख्ने प्रक्रिया [&hellip;]</p>

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने निर्णय प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपक्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गरेर आफुलाई पप्पुका पक्षमा उभ्याएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाई आयोजनाको डुडुवा नगर निर्माणमा ढिलाई गरेको भन्दै कोस्टल पप्पु जेभीलाई कालो सूचिमा राख्ने प्रक्रिया अघि बढाएको थियो । कालो सूचिमा राख्ने प्रक्रिया अघि बढेकाले पप्पुलाई नयाँ ठेक्का नदिन पनि कार्यालयले पत्राचार गरेको थियो ।

महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पप्पुको वचावट गरेका हुन् । उनले बिनाकारण पप्पुलाई नयाँ ठेक्का नदिन पत्राचार गरिएको र यस्तो कदमले देश नै असफलताको बाटोमा पुग्ने दावी समेत गरेका छन् ।

Share News