काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को आगामी मंसिर १७ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब बन्द गर्न लागेको हो ।
संस्थाले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५२६३ प्रतिशत नगद लाभांश दिने लागेको छ । फण्डले २०७४/७५को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।
फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।