सिद्धार्थ बैंकले १३ प्रतिशत लाभांश दिने

  २०७५ मंसिर ९ गते १६:३७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर समेत ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव हालै सम्पन्न बैंकको ३०४ औं सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले परित गरेपछि वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.