नेपाल इन्भेष्टमेन्ट बैंकबाटै आइएमई लाइफको इन्स्योरेन्स सेवा पाइने

  २०७५ मंसिर ९ गते १५:४३     विकासन्युज

काठमाडौं । अब नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाटै आइएमई लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आइतबार बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको जुनसुकै शाखाबाट आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.