बजार १४ अंकले घट्यो, सबै सूचक राताम्मे

<p>काठमाडौं । आइतबारको सेयर बजार १४.८२ अंकले घटेर ११६६.४३ अंकमा झरेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको बजार १.२५ प्रतिशतले घटेर बजार बन्द भएको छ । बजार कुल १५४ कम्पनीको २५ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी एनएमबी बैंकको ३ करोड ६५ लाख [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार १४.८२ अंकले घटेर ११६६.४३ अंकमा झरेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको सो दिनको बजार १.२५ प्रतिशतले घटेर बजार बन्द भएको छ ।

बजार कुल १५४ कम्पनीको २५ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी एनएमबी बैंकको ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक ५०, जीवन बीमा ४४, होटल २८, हाइड्रोपावर २४ र माइक्रोफाइनान्स २२ अंकले घटेका छन् । अन्य बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् ।

Share News