समृद्ध नेपाल निर्माणमा राष्ट्रिय संकल्प आवश्यक छ- मन्त्री बीना मगर

<p>दोलखा । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छिन् । रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्म विश्वास र एकरुपता सबैमा हुनुपर्ने बताएकी हुन् । [&hellip;]</p>

दोलखा । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छिन् ।

रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्म विश्वास र एकरुपता सबैमा हुनुपर्ने बताएकी हुन् ।

कार्यक्रममा उनले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताइन्। दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न आफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउँदै उनले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको विकास गर्न आफु लागि पर्ने धारणा राखेका छन् ।

त्यस्तै खानेपानीको सम्बन्धमा उनले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा आपुर्ति गर्ने व्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताए । दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौंले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।

Share News