काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले हालको चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव हालै सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नेछ ।
संस्थाको आगामी वार्षिक साधारणसभा पुस ५ गते हुँदै छ । सो प्रयोजनको लागि मंसिर २९ गते संस्थाको बुक क्लोज हुने भएको छ ।
हाल संस्थाको चुक्ता पुँजी ७ करोड २० लाख रुपैयाँ रहेको छ । २९ प्रतिशत बोनसपछि संस्थाका चुक्ता पुँजी ९ करोड २८ लाख रुपैयाँ नाघ्ने छ । बुधबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ११८५ रुपैयाँ रहेको छ ।