काठमाडौं । बुधबार दुई कम्पनीको हकप्रद सेयर र ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर र एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकृत भएको हो ।
सिद्धार्थ इन्स्योरेन्सको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
त्यस्तै, एनआईसी एशिया बैंकको एक करोड ८३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।