नाडेप लघुवित्तले तय गर्यो हकप्रद निष्कासनको मिति, कहिलेदेखि खुल्छ ?

<p>काठमाडौं । केही समय अघिमात्र आईपीओ निष्कासन गरी बाँडफाँड गरेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति तय गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रद शेयर यही मसिर २३ गतेदेखि खुल्ने भएको हो । उक्त हकप्रद शेयर पुस २९ गते बन्द हुनेछ । धादिङको गजुरी मुख्य कार्यालय भएको [&hellip;]</p>

काठमाडौं । केही समय अघिमात्र आईपीओ निष्कासन गरी बाँडफाँड गरेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति तय गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रद शेयर यही मसिर २३ गतेदेखि खुल्ने भएको हो । उक्त हकप्रद शेयर पुस २९ गते बन्द हुनेछ ।

धादिङको गजुरी मुख्य कार्यालय भएको उक्त लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो । ४७ जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको गरेको लघुवित्तले कुल ८६ शाखामार्फत् आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । कुल ३२ करोड चुक्ता पुँजी रहेको कम्पनीले उक्त पुँजीलाई दोब्बर गर्न हकप्रद जारी गर्न लागेको हो । उक्त लघुवित्तले गत वर्ष ४ करोड ७० लाख खुद मुनाफा कमाएको थियो ।

लघुवित्तको हकप्रद नबिल इन्भेष्टमेन्टमार्फत जारी हुनेछ । उक्त हकप्रद आश्वा प्रणलीमार्फत् जुनसुकै बैंकबाट तथा मेरो शेयरका प्रयोगकार्ताले इन्टरनेटमार्फत् समेत आवेदन दिन सक्नेछन् ।

Share News