भारतीय बैंकहरुले पनि अब पुँजी बढाउनुपर्ने, माेदीसँगकाे सम्झाैता कार्यान्वयन प्रक्रिया अघि बढ्याे

  २०७५ मंसिर ३ गते २१:५९     विकासन्युज

काठमाडाैं । भारतीय बैंकहरुमा समेत पुँजी वृद्धिबारे चर्चा सुरु भएको छ । भारतीय रिजर्भ बैंकको साेमबार बसेकाे १० घण्टा लामाे बोर्ड बैठकले भारतीय बैंकहरुको चुक्ता पुँजी बासेलको प्रावधानअनुसार वृद्धि गर्नेबारे निर्णय गरेको हो ।

बासेलले बैंकहरुले कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपात लगायत कायम गर्नुपर्न अन्य सूचकहरुकाे बारेमा व्याख्या गरेकाे हुन्छ । हाल बासेल ३ कार्यान्वयनमा रहे पनि बासेल ४ को समेत तयारी भइरहेको छ । यसैअनुरुप बैंकहरुको पुँजी वृद्धि गर्ने सम्बन्धमा आरबीआई बोर्डले निर्णय गरेको छ । यसकाे  कार्यान्वयनका लागि एउटा छुट्टै समिति बनाइनेछ ।

बैठकले २५ करोड रुपैंयासम्मको सुक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) कर्जा प्रवाहको समेत निर्णय गरेको बताइएको छ । भारतीय केन्द्र सरकार र भारतीय रिजर्भ बैंकबीचको मतभेदलाई टार्दै गत शुक्रबार भारत सरकारका पदाधिकारी र रिजर्भ बैंकका गभर्नरबीचको सहमति अनुरुप निर्णय गरिएको हो । बैठको निर्णय अनुसार उक्त कर्जा प्रवाहका लागि रिजर्भ बैंकले सार्वजनिक क्षेत्रका बैंकको लागि कुल निष्क्रिय कर्जा अनुपात (पीएसबीएस) लाई खुकुलो बनाउनेछ ।

भारतीय रिजर्भ बैंकको निर्देशक मण्डलमा १८ सदस्य रहन्छन्, जसमध्ये गभर्नर, ४ जना डेपुटी गभर्नर र सरकारद्धारा मनोनित १३ जना सदस्य रहने प्रावधान छ । (एजेन्सीहरुकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.