नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश दिने, कहिले हुँदैछ बुक क्लोज ?

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्ता प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्ता प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

संस्थाको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले मंसिर १५ गते बुक क्लोज गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी १२ करोड ३ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ नाघ्ने छ ।

Share News