एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन फिर्ता, मूल्यमा भारी गिरावट

  २०७५ मंसिर ३ गते १३:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो ।

सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ ।

इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो ।

उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०५० रुपैंयामा कारोबार खुलेको कम्पनीको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा बिक्री भइरहेको छ । यस अवधिसम्म कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.