मेगा क्यापिटल मार्केटस् संचालनमा अाउँदै, ६ महिनाभित्र कम्पनीका पूर्वाधार सम्पन्न गर्ने

  २०७५ मंसिर ३ गते १२:२७     विकासन्युज

काठमाडौं । मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेटले व्यवसाय संचालनमा ल्याउने भएको छ ।

सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड संचालनमा आउन लागेको हो  । सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गको भनाई रहेको छ । अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको जनाएका छन् ।

संचालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.