वाणिज्य बैंकको स्वतन्त्र नाफा ७२ कराेड, निक्षेप र कर्जा दुवै घट्यो

  २०७५ मंसिर ३ गते ७:५९     विकासन्युज

काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षमा स्वतन्त्र नाफा ७२ कराेड कायम गरेको छ । खुद नाफा १ अर्ब ११ अर्ब भए पनि नियामकीय समायोजनमा ठूलो रकम छुट्याउनुपर्ने भएपछि बैंकको नाफा उक्त परिमाणमा सीमित भएको हो ।

उक्त अवधिमा बैंकको निक्षेप तथा कर्जा दुवै घटेका छन् । बैंकको निक्षेप १ खर्ब ६९ अर्बबाट घटेर १ खर्ब ६४ अर्बमा सीमित भएको छ भने कर्जा विस्तार १ खर्ब २४ अर्बबाट घटेर १ खर्ब २३ अर्बमा झरेको छ । बैंकको रिजर्भ कोष समेत २५ करोडले घटेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १३.७५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.८३ प्रतिशत, कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत, आधार ब्याजदर ६.३३ प्रतिशत, प्रतिशेयर आम्दानी (त्रैमासिक) १२.४४ रुपैंया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.