अब एनआईसी एशिया बैंकबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशनको सेवा पाइने

  २०७५ मंसिर २ गते १६:३५     विकासन्युज

काठमाडौं । अब एनआईसी एशिया बैंक लिमिटेडबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको हो ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.