बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि

<p>काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा २२ करोड नाफा कमाएको बैंकले यसपाली ३७ करोड कमाएको हो । बैंकले ३० करोड ब्याज आम्दानी बढाउन सफल भएको छ । गत आवको असोज मसान्त अवधीमा ५७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यसपाली ८७ करोड पुर्याएको छ [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा २२ करोड नाफा कमाएको बैंकले यसपाली ३७ करोड कमाएको हो ।

बैंकले ३० करोड ब्याज आम्दानी बढाउन सफल भएको छ । गत आवको असोज मसान्त अवधीमा ५७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यसपाली ८७ करोड पुर्याएको छ ।

तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेको बैंकले कर्जा भने ४ अर्बले बढाएको छ । ७ अर्ब ७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९६ करोड रुपैंयाँ रहेको छ ।

बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत छ भने खराब कर्जा १.६१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने २२.०२ रुपैंयाँ रहेको छ ।

Share News