हिमालयन बैंकको नाफा ४७ करोड, ब्याज आम्दानी ५४ करोडले बढ्यो

  २०७५ कार्तिक ३० गते ८:००     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो ।

हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो ।

बैंकले तीन महिनामा ४ अर्बले निक्षेप बढाएर १ खर्ब २ अर्ब पुर्याएको छ । त्यस्तै ऋण भने ८ अर्बले वृद्धि गरेको छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ६ अर्ब ८९ करोड रहेको छ ।

हिमालयनको आधार ब्याज दर ९.२२ प्रतिशत छ भने खराब कर्जा १.४६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ३२.०२ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.