नबिल बैंकको नाफा ९३ करोड, प्रतिशेयर आम्दानी सर्वाधिक

  २०७५ कार्तिक ३० गते ७:३७     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ करोड ६१ लाख रुपैंया नाफा गरेको छ । बैंकले उक्त अवधिमा १ खर्ब ४३ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैंया कर्जा प्रबाह गर्दा उक्त परिमाणको नाफा देखिएको हो ।

बैंकको उक्त नाफाका आधारमा बैंकले ५१ रुपैंया ६४ पैसा हुन आउँछ, जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

उक्त अवधिमा बैंकले १ अर्ब ८५ करोड ब्याज आम्दानी गरी करिब ७३ करोड सञ्चालन खर्च गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.७५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत, पुँजीकोषको लागत ५.६५ प्रतिशत, आधार ब्याजदर ८.०६ प्रतिशत, ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.