निक्षेप वृद्धिमा फेरि एनआईसी एशियाको छलाङ, ईपीएस तेब्बर नजिक

<p>काठमाडाैं । आक्रामक बजार विस्तारको नीति लिएर अघि बढेको एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारमा छलाङ मारेको छ । वित्तीय बजारमा निक्षेप संकलनको मात्रा ठप्प हुँदैगर्दा एनआईसी एशिया बैंकले भने चालु आवको पहिलो ३ महिनामा निक्षेपमा ११ अर्ब ३४ करोड रुपैंया भन्दा बढीले विस्तार गरी १ खर्ब ६३ अर्ब रुपैंया [&hellip;]</p>

काठमाडाैं । आक्रामक बजार विस्तारको नीति लिएर अघि बढेको एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारमा छलाङ मारेको छ । वित्तीय बजारमा निक्षेप संकलनको मात्रा ठप्प हुँदैगर्दा एनआईसी एशिया बैंकले भने चालु आवको पहिलो ३ महिनामा निक्षेपमा ११ अर्ब ३४ करोड रुपैंया भन्दा बढीले विस्तार गरी १ खर्ब ६३ अर्ब रुपैंया पुर्याएको छ । सो अवधिमा बैंकले १७ अर्ब ४४ करोडले वृद्धि गरी १ अर्ब ५१ करोड रुपैंया पुर्याएको छ । निक्षेप र कर्जाको उक्त आकारको आधारमा बैंकको कर्जा निक्षेप अनुपात ७७.६८ प्रतिशत पुगेको छ ।

बैंकले त्रैमासको अन्त्यसम्म प्रतिशेयर ३६.७८ रुपैंया (वार्षिक) कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब तेब्बर हो ।
उक्त अवधिमा बैंकले १ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरी करिब १ अर्ब सञ्चालन खर्च गर्दा कुल नाफा ५८ करोड २२ लाख पुर्याएको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनाको नाफा भन्दा दोब्बर बढी हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १४.४८ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.२६ प्रतिशत, पुँजीकोषको लागत ७.१५ प्रतिशत, आधार ब्याजदर १०.७७ प्रतिशत, ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।

Share News