लाखौं मध्यम वर्गका मानिसकाे करोडाै‌ं रुपैंया शेयरबजारमा डुबिसकेको छ : शेखर गोल्छा

  २०७५ कार्तिक ३० गते ९:४४     विकासन्युज

शेखर गाेल्छा

काठमाडौँ । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले मध्यमवर्गीय व्यक्तिहरुकाे कराेडाैं रुपैंया शेयर बजारमा डुबेकाे भन्दै प्रतिपक्षिलार्इ जनताकाे सम्पत्तिकाे रक्षा गर्नेगरी सरकारलार्इ घच्घच्याउन अाग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा अायाेजित काँग्रेसकाे नयाँ अार्थिक एजेन्डा निर्माणका लागि उद्याेगीहरुसँग सुझाव संकलन गर्न अायाेजित कार्यक्रममा बोल्दै  उपाध्यक्ष  गाेल्छाले सरकारी नीति र व्यवहार नै निजी क्षेत्रमैत्री नभएकाे गुनासाे गरेका छन् ।

यसले गर्दा हाम्रो अर्थतन्त्र झन गरिब हुँदै गएकाे उनकाे भनार्इ थियाे । उनले नेपालमा उद्योग सञ्चालका लागि बैंकमा भएको तरलता, ढुवानी खर्च धेरै र विदेशबाट लगानीभन्दा पनि विकृति आउनुका कारणले नेपालमा उद्योग सञ्चालन र उद्योग स्थापनाका लागि समस्या भएको बताएका छन् ।

काँग्रेसले वर्तमान सरकारकाे नीति र व्यवहारकाे कारणले अार्थिक क्षेत्रमा कस्ताे प्रभाव पारेकाे छ भन्ने सम्बन्धमा व्यवसायी एवं विज्ञहरुसँग सुझाव स‌ंकलन सुरु गरेकाे छ । बुधबार विज्ञहरुसँग छलफल गरेकाे काँग्रेसले बिहीबार अाफूनिकट चेम्बरका पदाधिकारीहरुसँग छलफल गरेकाे थियाे । साे कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणासहित दर्जनाै‌ं व्यवसायीहरुकाे सहभागिता थियाे ।

काँग्रेसले महासमिति बैठककाे पूर्वसन्ध्यामा अार्थिक क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेकाे हाे । छलफलका क्रममा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत लगायतले उद्याेगीहरुसँग काँग्रेसले प्रतिपक्षकाे फाेरमबाट सरकारमाथि दिनुपर्ने दवावबारे सुझाव दिन अाग्रह गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.