कपाललाई कसरी स्वस्थ्य बनाउने ? हरेक दिन कपाल धुनेले बारम्बार स्याम्पु प्रयोग नगरौं

  २०७५ कार्तिक २९ गते १४:२८     विकासन्युज

काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्।

कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ । कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३-४ पटक । हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन । तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ।

हरेक व्यक्तिहरुको कपाल फरक प्रकृतिको हुन्छ । त्यसै कुनै पनि रुटिन पछ्याउनुभन्दा अगाडि तपाईंले थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्छ । कपालमा जिनको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । त्यसैले तपाईंले त्यतिबेलासम्म कपालमा प्रयोग गरिरहनुपर्छ जबसम्म सही रुटिन प्राप्त हुँदैन ।

यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ।

तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन ।

यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु। यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ।

कपालमा आईरहने सानोतिनो तेलको परवाह नगरौं

सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, महत्वोपूर्ण तेल मसाज पनि गर्छौं ।

यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ।

सल्फेट्सबाट टाढा रहनुहोस्

सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईंको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ । तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन । सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ । त्यसैले सकेसम्म सल्फेट-फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौं ।

बारम्बारको स्याम्पु प्रयोग नगरौं

बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस । त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ । कन्डिसनरको प्रयोग गर्न सकिन्छ, तर ध्यानमा राखौं कि यसलाई कपालको आधा भागबाट सुरु गरेर तलसम्म लगाउनुपर्छ ।

 ब्युटिसियन दिकी शेर्पासँगको कुरामा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.