नेपाल बंगलादेश बैंकको नाफा २२ करोड, खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्साहजनक सुधार

  २०७५ कार्तिक २९ गते ११:०६     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उत्साहजनक प्रगति गरेको छ । बैंकले नाफामा करिब ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा नाफाको यो आकार १५ करोड ४० लाख थियो । यो प्रतिशेयर १४.९३ रुपैंया हो ।

बैंकको नाफा बढ्नुमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानीले प्रमुख भूमिका खेलेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी पुर्याएर ३४ करोडबाट ६९ करोड पुर्याएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेप १ अर्बले घटाएको बैंकले तथा कर्जाको आकार भने करिब ५ अर्बले बढेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १३.६५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.५५ प्रतिशत, कुल लगानी कोषको लागत ७.४३ प्रतिशत, आधार ब्याजदर १०.८४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.