सेञ्चुरी बैंकको नाफा २७ करोड

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीन महिनामै २७ करोड नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा २७ करोड नाफा कमाउन सफल भएको हो । यो नाफामा ब्याज आम्दानीको हिस्सा धेरै रहेको छ । बैंकले ब्याज आम्दानीलाई ४६ करोडबाट बढाएर ८० करोड पुर्याएको छ । ८ [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीन महिनामै २७ करोड नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा २७ करोड नाफा कमाउन सफल भएको हो ।

यो नाफामा ब्याज आम्दानीको हिस्सा धेरै रहेको छ । बैंकले ब्याज आम्दानीलाई ४६ करोडबाट बढाएर ८० करोड पुर्याएको छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैंयाँ रहेको छ ।

बैंकले ६२ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको आधार ब्याजदर ११.५१ प्रतिशत रहँदा खराब कर्जा ०.८२ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने १३ रुपैंयाँ ६४ पैसा रहेको छ ।

Share News