१९ बाणिज्य बैंकले ३ महिनामै कमाए ८ अर्ब २४ करोड नाफा, एभरेष्टबाहेक सबै उकालो

  २०७५ कार्तिक २९ गते १०:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वाणिज्य बैंकहरुको नाफा ८ अर्ब नाघेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुका आधारमा बैंकहरुको कुल नाफा ८ अर्ब २४ करोड देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको भन्दा करिब ३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा उक्त आकार ५ अर्ब ९४ करोड थियो ।

प्रकाशित वित्तीय विवरणहरुमध्ये सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । बैंकले १ अर्ब ५ करोड नाफा गर्दै ३ महिनामै अर्ब भन्दा बढी कमाउने नेपालको पहिलो बैंक बनेको छ । त्यस्तै जनता बैंकले २९४ प्रतिशत नाफा बढाएर सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंक बनेको छ ।

उक्त अवधिमा नाफाको आकार घटाउने बैंक भने एभरेष्ट मात्र रहेको छ । उसको नाफो अघिल्लो वर्ष भन्दा ४ करोडले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको भने निक्षेप नै घटेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.