साथलाई सिद्धार्थ बैंकको सहयोग, एचआईभी एड्स प्रभावितलाई सहयोग पुग्ने

  २०७५ कार्तिक १५ गते १७:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौ स्थित सामाजिक संस्था, सोसियल सर्भिस अवारनेस राइजिङ एण्ड एडभोकेसी फर ट्रानक्यिूलिटी एण्ड हुम्यानिटी(साथ) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका निर्देशक विरेन्द्रकुमार शाहले एक लाख रुपैयाँको चेक उक्त संस्थालाई हस्तान्तरण गरेका हुन् ।

बैंकको वित्तीय सहयोगले सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुग्नुका साथै विशेष गरी एचआईभी एड्सद्वारा प्रभावित जीवन बिताउने बालबालिकाको लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।

साथले सामाजिक तथा आर्थिक क्षेत्रको विकासका लागि विशेष गरी शिक्षा, क्षमता अभिवृद्धि, लागु पदार्थ प्रयोग न्युनीकरण, एचआईभी एड्स सँग सम्बद्ध भएका बालबालिकाको हेरचाह जस्ता कार्यहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.