आइएमई ग्रुपका ग्राहकलार्इ बुढानिलकण्ठकाे भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत छुट

  २०७५ कार्तिक १५ गते १६:१२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन् ।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन् । यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुपअन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

सम्झौतापत्रमा आइएमई ग्रुपकातर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी मंसिर १ गतेबाट दुई वर्षसम्म कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.