मकालु एडभेन्चरको ‘बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन’ गर्ने अभियान

<p>काठमाडौं । मकालु एडभेन्चर प्रालिले बाँघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन अभियान सुरुवात गरेको छ । कम्पनीले ‘ट्रेक फर बिग क्याट्स’ नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघमार्फत सो अभियान अघि बढाएको हो । अभियानका अभियन्ताहरु दक्षिण अफ्रिकन नागरिक गार्थ जेन्स लेग र टे«सी ब्रटन तथा चेक रिपब्लिकन नागरिक लुकास सोभडा बुधबार ठमेल इको रिसोर्टमा [&hellip;]</p>

काठमाडौं । मकालु एडभेन्चर प्रालिले बाँघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन अभियान सुरुवात गरेको छ । कम्पनीले ‘ट्रेक फर बिग क्याट्स’ नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघमार्फत सो अभियान अघि बढाएको हो ।

अभियानका अभियन्ताहरु दक्षिण अफ्रिकन नागरिक गार्थ जेन्स लेग र टे«सी ब्रटन तथा चेक रिपब्लिकन नागरिक लुकास सोभडा बुधबार ठमेल इको रिसोर्टमा आयोजित पत्रकार सम्मेलनबीच सिंह र बाँघको भेषमा सार्वजनिक भएका थिए । गार्थ र टे«सी सफारी गाइड हुन् भने लुकास फोटोग्राफर हुन् ।

उनीहरु नेपालको पर्यटन प्रवद्र्धनका लागि सोही सिंह र बाँघको भेषमा लुक्दादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरसम्म पुग्ने जानकारी दिए । युकेबाट खास मगाएको सो भेष हातले आफैं बुनेर बनाएको उनीहरुले बताए ।
उनीहरुले लोपोन्मुख जनावरहरुको संरक्षण तथा वातावरणीय अवस्थाबारे विभिन्न विद्यालयका विद्यार्थीहरु माझ प्रत्यक्ष जनचेतना मूलक कार्यक्रम गर्नेछन् । बासबाट निर्मित टुटब्रस पनि विद्यार्थीहरुलाई वितरण गर्ने योजना उनीहरुको छ । यस्तो खालको कार्यक्रम नेपालमा पहिलो पटक गर्न लागिएको हो ।

अभियन्ता गार्थले भने “नेपालजस्तो विभिन्न जातका जनावरहरु पाइने ठाउँमा पछिल्लो समय लोप हुँदै जानु एकदमै दुःखद भएको भन्दै त्यहि कुरालाई उजागर गर्नका लागि आफुहरुले अभियान सञ्चालन गरेको बताए ।” उनले नेपालमा मात्रै नभएर अन्य मुलुकमा समेत यो अभियान सञ्चालन गर्ने योजना रहेको सुनाए ।

यस अभियानको व्यवस्थापन गर्ने कम्पनी मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले नेपालमा बाँघ जन्य जनावरहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि यो अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले यस अभियानले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयम थप्ने दाबीसमेत गरे ।

Share News