टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग, बालबालिकालार्इ स्वयंसेवी शिक्षकबाट प्रशिक्षण दिइने

  २०७५ कार्तिक १३ गते १७:३४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई सो मात्राको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको हो । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि उक्त सहयोग गरेको हो ।

यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ ।

बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्न स्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.